मृत अवस्थामा ९ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । इलाम, देउमाई नगरपालिका-९ बस्ने ५६ वर्षीय तिल बहादुर लिम्बु सोही ठाउँस्थित बारीको छेउमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी इलाम, इलाम नगरपालिका-७ बस्ने ३२ वर्षीया रिता खत्री सोही ठाउँस्थित बजार छेउको खुल्ला स्थानमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै लमजुङ, बेशीशहर नगरपालिका-१ उदिपुर पुनर्वास बस्ने ६० वर्षीया भगवती घर्ती आफ्नै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।



यता पाल्पा, रिब्दिकोट गाउँपालिका-५ मारबासस्थित हर्रेखरक सामुदायिक जंगलमा सोही ठाउँ बस्ने ७८ वर्षीय हुम कुमारी आले शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट दाउरा खोज्न भनी गएकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

यस्तै सप्तरी, सप्तकोशी नगरपालिका-५ गंगाजलीस्थित चन्द्रनहरको पानीमा सोही नगरपालिका-४ बलारदह बस्ने ७० वर्षीय लक्ष्मी सदा शनिबार मृत अवस्थामा फेला परेका छन् । सप्तकोशी नगरपालिका-४ तुलसीस्थित चन्द्रनहरतिर शुक्रबार साँझ गाई चराउन गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

त्यसैगरी भोजपुर, भोजपुर नगरपालिका-८ पोखरे बस्ने ६० वर्षीय सुर्य खत्री सोही नगरपालिका- ६ स्थित खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता डोटी, शिखर नगरपालिका-१ कफ्ललेकी बस्ने ४० वर्षीय भिम लुहार सोही ठाउँस्थित मतुलिपुल नजिक शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी डोटी, दिपायल सिलगढी नगरपालिका-८ सेटिगाउँ बस्ने ५० वर्षीय डिले बहादुर कडायत सोही नगरपालिका-८ स्थित खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै झापा, गौरीगञ्ज गाउँपालिका-६ देविगञ्ज ढोवाबारीमा सोही ठाउँ मियाटोल बस्ने ४३ वर्षीय जिमारत मिँया शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै काठमाडौं, काठमाडौं महानगरपालिका-२५ भेडासिंहस्थित सडकपेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार