आज कति सक्रमित थपिए, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा १३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ४१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण एकजनाको मृत्‍यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार १६ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ४३९ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८१ हजार ४०८ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ९२८ जना पुगेको छ ।

 

सम्बन्धित समाचार