मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । रोल्पा, रुन्टिगढी गाउँपालिका-२ धैरेनी बस्ने ६८ वर्षीय लक्ष खत्री सोही गाउँपालिका-४ सुर्पालस्थित मकै बारीमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै कपिलवस्तु, महाराजगंज नगरपालिका-११ प्रभातनगर बस्ने राम लखन भरकी छोरी ६ वर्षीया अस्मिता भर घर नजिकै बेल नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।



यस्तै दाङ, घोराही उपमहानगरपालिका-३ स्थित रनघरा बबई नदीको किनारमा सोही उपमहानगरपालिका-५ धारापानी बस्ने ६५ वर्षीया शिवा नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यता चितवन, भरतपुर महानगरपालिका-१६ स्थित नारायणी नदीको बिच भागको टापुमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी काठमाडौं महानगरपालिका-८ पशुपति राम मन्दिर नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका-१५ स्थित सम्सा फेसन गार्मेन्टमा काम गर्ने रौतहट इशनाथ नगरपालिका-५ घर भएका २३ वर्षीय पप्पु ठाकुर सुतिरहेको अवस्थामा आइतबार बिहान मृत फेला परेका छन् ।

यता सल्यान, छत्रेश्वरी गाउँपालिका-३ खारखोला बस्ने ४३ वर्षीया हिमादेबी थापा सोही गाउँपालिका-३ दोहोली घरदेखि करिब १ किलोमिटर टाढा आइतबार मृत अवस्थामा फेला परेकी छन् । शनिबार उक्त ठाउँमा भाइ नाता पर्नेको घरमा गएकी उनी खाना खाई सुतेकोमा मृत फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार