कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ४५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ६५१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण एक जनाको मृत्‍यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५४पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ६४ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ७७६ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८१ हजार ७९४ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ९९९ जना पुगेको छ ।

 

सम्बन्धित समाचार