बोरिङ खन्ने क्रममा ग्यास निस्किएपछि…

काठमाडौँको जोरपाटीमा डिप बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । आज (मंगलबार) बिहान १०ः१० बजे बोरिङ खन्ने क्रममा ग्याससहित पानी मिश्रित बालुवा र माटोका कण निस्किएको हो ।

स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो । लामाको  घरमा बोरिङ खन्ने क्रममा बालुवा र लेदोसहित ग्यास निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको छ ।



घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको छ ।

 

 

सम्बन्धित समाचार