मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । धादिङ, धुनिबेशी नगरपालिका-९ डुरेभज्याङस्थित खाली जग्गामा सल्यान काभ्रा घर भई हाल धादिङ धुनिबेशी नगरपालिका-९ बस्ने ३६ वर्षीया पदमी सुनार सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै रौतहट, वृन्दावन नगरपालिका-६ सिसवा बस्ने २० वर्षीया सुपिता कुमारी दास आफ्नै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यता लमजुङ, मध्यनेपाल नगरपालिका-४ स्थित रिस्ति खोला किनारमा सुन्दरबजार नगरपालिका-१ कुन्छा बस्ने ५० वर्षीय नारायण राना सोमबार मृत अवस्थामा फेला परेका छन् । ब्यास नगरपालिका-८ स्थित दिदीको घरमा गई फर्कने क्रममा उक्त खोलाले बगाउँदा उनको मृत्यु भएको बताइएको छ ।



यस्तै काठमाडौं, शंखरापुर नगरपालिका-३ स्थित लप्सीफेदी जंगलमा सडीगलेको अवस्थामा रहेको मानव कंकाल सोमबार फेला परेको छ ।त्यसैगरी रामेछाप, उमाकुण्ड गाउँपालिका-७ भुजि चिलाउने बस्ने ५६ वर्षीय इन्द्र बहादुर सुनुवार सोमबार मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरबाट करिब ३ सय मिटर टाढा काकाचली कप्टि भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

यसैगरी दाङ, राप्ती गाउँपालिका-२ बराखुट्टी बस्ने ७७ वर्षीय शिवलाल जिसी सोही ठाउँस्थित बारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित वडा कार्यालय जान्छु भनी गत असार ३० गते बिहान हिँडेकोमा घर नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार