आज कति संक्रमित थपिए, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ८५७ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५४पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ६२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार १२६ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक हजार ९८२ रहेको छ । जसमध्‍ये १ हजार ८६५ जना होम आइसोलेसनमा छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८२ हजार ६२ र एन्टिजेन विधिबाट १ लाख ४१ हजार ८८ जना पुगेको छ ।

सम्बन्धित समाचार