आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल मनसुनको न्युन चापिय रेखा( Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा दक्षिण तिर अवस्थित रहेको छ । देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (बुधबार)देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।



त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार