नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।
नेपालमा आज (बुधबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार रहेकोमा मंगलबार रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेकामा मंगलबार प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने मंगलबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै रु एक हजार १६५ मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार १६० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ७१० दशमलव ११ डलर पुगेको छ ।