मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बसुन्डोलस्थित पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगभित्र सोही कारखानामा काम गर्ने सोलुखुम्बु चौरीखर्क ठेगाना भई काठमाडौं महानगरपालिका-१५ भगवान पाउँ बस्ने ४५ वर्षीय बिजित शेर्पा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सोलुखुम्बु, लिखुपिके गाउँपालिका-५ स्थित एमभि दुगर्ड हाईड्रो पावर हाउसमा मजदुरी काम गर्ने हाल वतन नखुलेका ३० वर्षीय सुरेन्द्र पौडेल आफै सुत्ने ओछ्यानमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै महोत्तरी, गौशला नगरपालिका-५ जाल्पा मन्दिर पछाडीको टस्ट घरमा सम्सी गाउँपालिका-५ पोखर भिण्डा बस्ने ६५ वर्षीय जोवछ मल्लिक डोम मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता लमजुङ, दोर्दी गाउँपालिका-५ स्यार्लेस्थित किसेदी खोलाको किनारमा दुधपोखरी गाउँपालिका-६ बस्ने ३७ वर्षीय काल बहादुर गुरूङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सुनसरी, दुहवी नगरपालिका-८ टेङग्रा खोला किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूषको शव सडी गलेको अवस्थामा मंगलबार फेला परेको छ । यसैगरी मोरङ, बेलबारी नगरपालिका-१० सृजना सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार