नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य १००० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार रहेकोमा बुधबार रु ९४ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० रहेकामा बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै रु एक हजार १५५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ६९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।