मृत अवस्थामा ३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । ललितपुर, महालक्ष्मी नगरपालिका-६ लुभु सानागाउँ बस्ने ७७ वर्षीया मनदेवी महर्जन आफ्नै कोठाभित्र बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-२ टिकुलीगढ समयथान सामुदायिक वनको सुराई खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको शव बुधबार फेला परेको छ ।



यस्तै धरान उपमहानगरपालिका-४ दानाबारी बस्ने ३९ वर्षीय राज कुमार राई सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

सम्बन्धित समाचार