स्रोत नखुलेको नगद सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ४१ लाख ५५ हजार रुपैयाँ सहित भारत विहार पूर्वी चम्पारण थाना रक्सौल-११ बस्ने २५ वर्षीय राकेश कुमारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट वीरगंजतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाईकललाई प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी तथा ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।



उनी उपर बैंक तथा वित्तीय संस्था ऐन, २०७३ विरूद्धको कसूरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

सम्बन्धित समाचार