प्लस सुविधाहरूसहित दोब्बर र तेब्बर भुक्तानी दिने सिभिल बैंकका दुई मुद्दती योजनाहरू

सिभिल बैंकले दोब्बर प्लस र तेब्बर प्लस गरी दुई नयाँ आकर्षक मुद्दती योजनाहरू ल्याएको छ । यी मुद्दती योजनाहरू अन्तर्गत ग्राहकहरूले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दा दोब्बर वा तेब्बर रकम एकमुष्ट रूपमा भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यी मुद्दती योजनाहरूमा नेपालमै पहिलो पटक रिलायन्स लाइफ इन्सुरेन्ससँगको सहकार्यमा दश लाख सम्मको जीवन बीमा सुविधा र अजोड इन्सुरेन्ससँगको सहकार्यमा दश लाखको दुर्घटना बीमा सुविधा निःशुल्क रूपमा उपलब्ध गराइने पनि बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



योजना अन्तर्गत ६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरूले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराइने पनि बैंकले जनाएको छ ।

बैंकले वचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशत सम्मको ब्याजदर पनि प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार