भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । उनी भारतको १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन् ।

सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।जुलाई २४ मा राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मुले जुलाई २५ मा राष्ट्रपतिको पदभार सम्हाल्ने छिन् । ६४ वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो ।



उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन् । उनीसन्थाल समुदायकी हुन् । यसैगरी उनी भारतको दोस्रो महिला राष्ट्रपति हुन् ।यसअघि प्रतिभा पाटिल भारतको पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन् । उनले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौं राज्यप्रमुखको रूपमा काम गरेकी छिन् । राज्य राजनीतिमा प्रवेश गर्नुअघि मुर्मूले विद्यालय शिक्षकको रूपमा काम सुरु गरेकी थिइन् ।

सम्बन्धित समाचार