नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
राष्ट्रिय परीक्षा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम बोर्ड अन्तर्गतका कार्यालयहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो । बोर्डले महाशाखा प्रमूख, उप सचिव, शाखा अधिकृतका लगायतका अन्य ८ ओटा पदका लागि ७३ जना कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित शुल्क र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना :