नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य १००० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार रहेकोमा बिहीबार रु ९३ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै रु एक हजार १६५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ७१४ दशमलव ३६ डलर पुगेको छ ।