मृत अवस्थामा ३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा सोही मन्दिर परिसरमा बिगत केही महिना अगाडिदेखि बस्दै आएका ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित मानव सेवा आश्रममा २०७८ पुस २८ गतेदेखि बस्दै आएका रुपा गाउँपालिका-६ रुपाकोट घर भएका ५२ वर्षीय राम बहादुर गुरुङ आश्रमको आफ्नै बिस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-२ बालुवास्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार