कविता : खोजेको छु मैले तिम्रो साथ…

खोजेको छु मैले तिम्रो साथ कहिले पाइएला
यो मनमा लागेको मायाको तिर्खा कहिले मेटिएला

त्यो डाँडा, त्यो बस्ति घुमेर हिड्दा यो मन तरङ्गित हुन्छ
उनीसँग घुमेका पलहरु सम्झेर मेरो मन रमाउँछ
उनको झल्को, उनको यादमा यो जिवन बित्ला
खोजेको छु मैले तिम्रो साथ कहिले पाइएला



पानी भर्न पधेरीमा जान्थ्यौं हामी त्यो पारि डाँडामा
तिमिले गाएको गीत गुन्जिरह्यो पिरतिको भाकामा
तिम्रो मिठो गीतले यो मेरो मन खिचेको बेला
खोजेको छु मैले तिम्रो साथ कहिले पाइएला

तिम्रो याद आएर खोज्न हिँडे म तिम्रो गाउँमा
खोजि हिड्दै गएपछि भेट भयो हाम्रो घरमा
तिमि सँग भेट भए यो मन खुशी भईरहला
खोजेको छु मैले तिम्रो साथ कहिले पाइएला

सम्बन्धित समाचार