नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । आज (शनिबार) बिहान ८ः१० बजे चितवन खहरेखोलामा माथिबाट पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको जानकारी दिएको छ । अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।



वर्षात्को समयमा पहिरोका कारण प्राय: यो सडकखण्ड अवरुद्ध हुने गरेको छ । सडक दुइतर्फी अवरुद्ध हुँदा सवारी साधनहरु बिचबाटोमै रोकिएका छन् ।

सम्बन्धित समाचार