मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण उत्तरबाहिनी बस्ने ५० वर्षीय श्री कुमार श्रेष्ठ आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित सडकको पेटीमा बनाएको अस्थायी छाप्रोमा गोरखा आरुघाट घर भएकी ३० वर्षीया प्रमिला भट्ट शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।



त्यस्तै सर्लाही, पर्सा गाउँपालिका-१ शितलपुर बस्ने २१ वर्षीया निशा यादवको सोही ठाउँस्थित खेतमा खाल्डो खनी गाडिएको अवस्थामा शुक्रबार शव फेला परेको छ । निशा यादव गत जेठ २२ गते राति घरबाट हराएको घटनाको सुक्ष्म अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उक्त खाल्डोबाट सडीगलेको अवस्थामा उनको शव फेला पारेको हो । घटनाको अनुसन्धानको लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै चितवन, माडी नगरपालिका-४ अम्रौलीस्थित खेतमा रहेको पानीमा सोही ठाउँ बिरन्ची बस्ने ३५ वर्षीय शम्भु महतो शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार