जापानमा हुने नेपाली फेस्टिबलको तयारी पूरा

जापानको टोकियोस्थित नाकानोमा हुनगइरहेको दुई दिने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

फेस्टिवल आयोजक एनआरएनए जापानले सजावट तथा व्यवस्थापनलगायतका विषयहरुमा हालसम्म भएका कार्य प्रगतिको जानकारी गराएका हुन् । आयोजकका अनुसार नेपाल फेस्टिवल जापानमा हुने अन्य मुलुुकहरुको आयोजनाभन्दा फरक हुने जनाएको छ ।



यस फेस्टिवलमा नेपालीका साथै धेरै मात्रामा दर्शक जापानी हुने भएकाले नेपालको कला संस्कृति झल्काउने र जापानीहरु माझ नेपालका बारेमा थप जानकारी गराउने फेस्टिवलको मुख्य उद्देश्य रहने जनाएको छ ।

फेस्टिवलमा नेपालको कला संस्कृति तथा परम्परागत झाँकी, नेपालको पर्यटन लगायतका व्यवसायिक साझेदारी तथा प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिन लागिएको हो । तसर्थ मौलिक नेपाली गीत–सङ्गीत, नृत्य एवं विभिन्न सांस्कृतिक रीतिरिवाजहरु प्रस्तुत गरिने छ ।मेलामा विभिन्न रेस्टुरेन्ट, रेमिट्यान्स तथा विद्यालयजस्ता सेवा प्रदायक कम्पनीहरुका स्टलसमेत रहने पनि जनाइएको छ ।

नेपाल फेस्टिवल जुलाई ३० र ३१ तारिखका दिनहरूमा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित समाचार