मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक बस्ने गोरखा घर भएकी ३७ वर्षीय संगीता संजेल भट्टराई कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा बस्ने ६८ वर्षीया दिल लक्ष्मी राई सोही ठाउँस्थित कुलोको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । आफ्नै खेतबारीमा पानी लगाउन गएकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।



यस्तै धनुषा, मिथिला नगरपालिका-९ बडहरी बस्ने ७३ वर्षीय पासङ धावा तमाङ घर नजिकैको फुटबल मैदान नजिक शनिबार मृत अवस्थामा फेला परेका छन् । यता सिरहा, बिष्णुपुर गाउँपालिका-२ बस्ने ४५ वर्षीया उर्मिला देवी यादव सोही गाउँपालिका-१ कटनियाँ खोला छेउमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । गत बिहीबार दिउँसो घरबाट हिँडेकी उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव
फेला परेको हो ।

त्यसैगरी झापा, कमल गाउँपालिका-४ बस्ने ८६ वर्षीय डम्बरशेन चेमजोङ सोही ठाउँस्थित माछा पोखरीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार साँझबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो । यस्तै ललितपुर महानगरपालिका-१५ लगनखेल बटुकी भैरब मन्दिर पछाडि भित्री बाटोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

यता सुनसरी, कोशी गाउँपालिका-१ लौकहीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी तनहुँ, आबुखैरेनी गाउँपालिका-२ मर्स्याङदी ड्याममा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार