चिया बगानमा ३ किशोरी मृत अवस्थामा भेटिए

झापामा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । आज (आइतबार) बिहान ७ बजे झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

झुण्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना मृत अवस्थामा भेटिएका हुन् ।



उनीहरु चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको पाठकले बताए ।

 

 

 

 

 

सम्बन्धित समाचार