रुखले बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु, १२ जना घाइते

भक्तपुरमा रुखले बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आज (आइतबार) दिउँसो भक्तपुरको सल्लाघारीमा सल्लाको रुख ढलेर बस र स्कुटरलाई किचेको हो ।

काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किचेको थियो । नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने कार्य गरिरहेको छ ।



घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि भक्तपुर अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पताल लागिएको छ ।

सम्बन्धित समाचार