कोरोनाका कारण २ जनाको मृत्यु, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ८८८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ३६० जनाको पीसीआर परीक्षण गर्दा ३०३ जना र १ हजार ५२८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ९५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या तीन हजार १७७ रहेको छ । जसमध्‍ये ३ हजार ३५ जना होम आइसोलेसनमा छन् भने १४२ जना संस्थागत आइसोलेसन २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८३ हजार ६२२ र एन्टिजेन विधिबाट १ लाख ४१ हजार ४९२ जना पुगेको छ ।

 

सम्बन्धित समाचार