पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

अछामको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबर राति पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

अमर विष्टको घर पुरिँदा घरभित्र सुतिरहेका तीन जनाको पहिरोबाट मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । मृत्यु हुनेमा अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्ट रहेका छन् । यसैगरी पहिरोमा परी नैना विष्ट गम्भीर घाइते भएकी छिन् । घाइतेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको प्रहरीले जनाएको छ । अहिले स्थानीय, जनप्रतिनिधि, प्रहरीको सक्रियता उद्धारको काम भइरहेको छ । घटनाबारे थप क्षतिको विवरण आइसकेको छैन ।

सम्बन्धित समाचार