सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (सोमबार) बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस भएको थियो ।



उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

सम्बन्धित समाचार