मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रामेछाप, उमाकुण्ड गाउँपालिका-६ खुलुडाँडा बस्ने ७० वर्षीय मान बहादुर भुजेल आफ्नै घर नजिकको भान्सा घरको चुलो छेउमा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-५ बुद्ध चोकस्थित किराना पसल अगाडीको बरण्डामा सोही नगरपालिका-४ वडहरे बस्ने ७२ वर्षीय किशोर बहादुर तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै बझाङ, बुंगल नगरपालिका-११ पुतलीलेक मोडमा सु.प.प्र.०४००१ च ०१७७ नम्बरको जिपभित्र सोही नगरपालिका-११ सोरणा बस्ने २५ वर्षीय वीरेन्द्र बोहरा आइतबार मृत अवस्थामा फेला परेका छन् । बुंगल नगरपालिका-११ मौरीबाझ बस्ने २८ वर्षीय गणेश पातली र वीरेन्द्र बोहरा दुबैजना मादक पदार्थ सेवन गरी अघिल्लो रात उक्त जिममा सुतेकोमा वीरेन्द्रको शव फेला परेको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित राप्ती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार