कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी, यस्तो छ २४ घण्टाको विवरण

एक जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ८०० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा ४५३ जना र १ हजार ७१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ९५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ रहेको छ । जसमध्‍ये ३ हजार ४०७ जना होम आइसोलेसनमा छन् भने १२७ जना संस्थागत आइसोलेसन २७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८४ हजार ७५ र एन्टिजेन विधिबाट १ लाख ४१ हजार ६०७ जना पुगेको छ ।

सम्बन्धित समाचार