जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुर पुनर्वास नगरपालिका-८ घर भएका २४ वर्षीय राकेश विक रहेका छन् । राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार