आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल मनसुनको न्युन चापिय रेखा( Axis of Monsoon Trough) सरदर स्थान (normal position) भन्दा दक्षिण तिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थान (normal position) को आसपासमा रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (मंगलबार) देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।



देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उक्त भू-भागहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार