मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । बाँके, कोहलपुर नगरपालिका-१४ पार्बतीपुर बस्ने मम्मु भन्ने वर्ष २२ वर्षीय कृष्ण गडरिया र उनकै श्रीमती २१ वर्षीया अञ्जली गडरिया आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । त्यस्तै काठमाडौं महानगरपालिका-२४ बसन्तपुर कालभैरव मन्दिर पछाडी हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै सिन्धुली, सुनकोशी गाउँपालिका-३ झागाझोलीस्थित बिपि राजमार्गको किनारामा हाल नाम,थर नखुलेका करिब ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता पाल्पा, तिनाउ गाउँपालिका-५ तिनाउ खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार