दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते, ६ जनाको अवस्था गम्भीर

नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् भने ६ जनाको अवस्था भने गम्भीर रहेको छ । आज (बुधबार) बिहान साढे ५ बजे नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो ।

कञ्चनपुरबाट काठमाडौं आउँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडक छेउको पहाडमा ठोक्किँएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए । बसमा ३१ जना सवार रहेको महर्जनले बताए ।



घाइतेमध्ये ६ जनाको उपचार भरतपुर अस्पताल चितवनमा र अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार