नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ साउन ।
फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा शक्तिशाली भूकम्प गएको छ । आज(बुधबार) बिहान लुजोन टापुमा ७.१ म्यानिट्यूडको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस भएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु फिलिपिनी शहर डोलोरेसभन्दा ११ किलोमिटर दक्षिणपूर्वतर्फ रहेको छ भने गहिराई १० किलोमिटर रहेको छ ।
भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार आएको छैन । भूकम्पका कारण सुनामी आउनसक्ने भन्दै सर्तक रहन भने आग्रह गरिएको छ ।