मृत अवस्थामा ५ जना फेला

देश विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोल बस्ने ३३ वर्षीया सविता यादव सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यता प्युठान, सरुमारानी गाउँपालिका-६ गोधधारास्थित गोधधारा जंगलको भिरमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा मंगलबार फेला परेको छ ।



यस्तै धादिङ, सिद्धलेक गाउँपालिका-६ खरमटारस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँ बस्ने उदयपुर ताप्ली गाउँपालिका-३ घर भएका ५१ वर्षीय जुलु बहादुर तामाङ सोही नगरपालिका-५ जोरपाटी सुन्दरीटोल सडकपेटीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार