स्रोत नखुलेको नगद सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-७ रामटोल बस्ने ३५ वर्षीय अनुप अग्रवाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २-०३-१०३ प ५१२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अग्रवाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार