जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर, लालझाँडी गाउँपालिका-२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



त्यस्तै ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी, ईस्मा गाउँपालिका-४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार