फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

सिभिल बैंकले इलाम जिल्ला, सूर्याेदय नगरपालिका, वडा नं १०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीद्वारा भएको विज्ञप्तिका उल्लेख छ ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फत आफ्ना सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्ने बैंकले जनाएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तिहरु, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।



सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्वभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्वभन्दा बढी कर्जा लगानी गरिसकेकोे पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार