मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना पक्री परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-२१ स्थित सुनील महर्जनको गोठमा बस्दै आएका सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ सोही गोठको भर्‍याङमुनि बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सिरहा, मिर्चैया नगरपालिका-१० मथलेश्‍वर बस्ने २७ वर्षीया विमलादेवी यादव आफ्नै घरको ढोका नजिक बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यता संखुवासभा, खाँदबारी नगरपालिका-२ अमले भञ्ज्याङस्थित सडकमा सोही ठाउँ बस्ने ७१ वर्षीया कमला परियार दर्जी बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।



यस्तै डोटी, पूर्वीचौकी गाउँपालिका-७ कतरकुडी बस्ने कैलाश ढोली सोही ठाउँस्थित चिउरीलेकको जङ्गलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । साउन ३ गतेदेखि हराई वेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । त्यसैगरी रुपन्देही, कञ्चन गाउँपालिका-१ हात्ती बजार बस्ने ३१ वर्षीया साबित्री थापा क्षेत्री आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-६ सोलु खोलालेस्थित अपर सोलु हाइड्रोपावरको हेड बक्सको छेउमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय शशिकला राई बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार