स्रोत नखुलेको नगद सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ८८ हजार रूपैयाँ सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ हुनेमा भारत घर भएका ५२ वर्षीय सुरेन्द्र कुमार गुप्ता रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट वीरगंजतर्फ आउँदै गरेको बा.५६ प ५५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार