कोरोनाका कारण २ जनाको मृत्यु, संक्रमितको संख्या दिनहुँ बढ्दै

यस्तो छ २४ घण्टाको विवरण

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । पछिल्लो चौबीस घण्टामा नेपालमा ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ५ हजार २५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जना र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २१५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६९ हजार २१९ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार २३६ रहेको छ । जसमध्‍ये ४ हजार ८० जना होम आइसोलेसनमा छन् भने १५६ जना संस्थागत आइसोलेसन ३३ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८५ हजार ४१७ र एन्टिजेन विधिबाट १ लाख ४२ हजार १७७ जना पुगेको छ ।

 

सम्बन्धित समाचार