जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा,धनगढिमाई नगरपालिका-१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदाय रहेका छन् । सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिष्‍णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार