अनुपराज कंडेल
जापान, १४ साउन ।
जापानको राजधानी टोकियोमा आजबाट दुईदिने नेपाल फेस्टिवल सुरु भएको छ । नेपालको पर्यटन प्रर्वद्धन र जापानमा नेपाली संस्कृति चिनाउने उद्देश्यका साथ फेस्टिवल नेपाली राजदूतावास जापान र गैर आवासिय नेपाली संघ जापानले आयोजना गरेको हो ।
टोकियोको नाकानो स्टेशन नजिक रहेको नाकानो शिकि नो मोरी पार्कमा आयोजना गरिएको फेस्टिवलमा नेपाली कला संस्कृती, भेषभुषा, बाजागाजा, नाचगान आकर्षण केन्द्र रहेको छ भने नेपाली खानाका परिकार सहितका स्टलहरु रहेका छन् ।
फेस्टिवल राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उदघाटन गरेका हुन् ।