मृत अवस्थामा ६ जना फेला

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं, टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने धादिङ घर भएका ३२ वर्षीय कृष्ण मिजार आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-६ घट्टेटारस्थित मनमती खोलाको बगरमा काठमाडौं बस्ने रामेछाप, रामेछाप नगरपालिका-९ घर भएका १२ वर्षीय मनिष शाही आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी काठमाडौं महानगरपालिका-१९ मरूहिटीमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।



त्यस्तै जुम्ला, तातोपानी गाउँपालिका-३ राता माटा भन्ने स्थानमा सोही ठाउँ बस्ने ५५ वर्षीय पूर्ण बहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । यता धादिङ, धुनिबेशी नगरपालिका-२ महेशफाँटस्थित महेश खोला किनारामा सोही नगरपालिका पाखुरे बस्ने ८० वर्षीय रिप्त बहादुर बासकोटा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सुनसरी, धरान उपमहानगरपालिका-८ अटल ग्यारेजमा काम गरी बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ३६ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार