नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।

श्री एयरलाइन्सको विमानलाई नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौँको लागि उडेको श्री एयरलाइन्सको ९एन-एएनएफ जहाजलाई नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गराइएको हो ।
बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आपत्कालीन अवतरण गराइएको हो ।
अहिले जहाज सुरक्षित रुपमा अवतरण भएको छ । विमानमा चालक दलका सदस्यसहित ७९ जना यात्रु सवार थिए ।

