चिनियाँ नागरिक अपहरण गरेको अभियोगमा २ प्रहरीसहित ६ जना पक्राउ

चिनियाँ नागरिक अपहरण गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती मागेको अभियोगमा प्रहरीले दुई प्रहरीसहित ६ जना अपहरणकारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रहेका हवल्दार ३७ वर्षका कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका कार्यरत जवान २८ वर्षका शिव सुनुवार रहेका छन् । त्यस्तै चिनियाँ नागरिकको अपहरणमा संलग्न अन्यमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र बिनोद केसी रहेका छन् ।



फिरौती लिने क्रममा प्रहरीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार