नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजको काठमाडौंस्थित डिलरहरूले हालै रूपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यसैक्रममा अर्को दिन पोखरा र चितवनका डिलरहरूले पनि फ्याक्ट्री अवलोकन गरेका थिए ।
उद्योगमा भएका अत्याधुनिक उपकरणहरू र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ ।
उक्त अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरूको सहभागिता रहेको थियो । उक्त अवलोकन भ्रमणपश्चात लुम्बिनीस्थित एक प्यालेसमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी समापन गरिएको थियो।
कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने– ‘यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ । हाम्रा उपभोक्ताहरूको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै हाम्रा डिलरहरू हुन् । आफ्नो महत्त्वपूर्ण समय निकालेर अवलोकन गर्न आइदिनु भएकोमा यहाँँहरूलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । यहाँँहरूको सक्रिय सहभागिताले हामीलाई भविष्यमा पनि यस्तो अवलोकन कार्यक्रम आयोजना गर्न हौसला मिलेको छ र पक्कै पनि हामी यस्ता कार्यक्रमहरू आयोजना गर्दै जानेछौँ ।’