नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तेह्रथुम, छथर गाउँपालिका- २ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपाली रहेका छन् । नेपालीले ती बालिकालाई ललाई फकाई साउन १२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

