मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । तेह्रथुम, फेदाप गाउँपालिका-२ बस्ने ३६ वर्षीया मन्जु बिक आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका-१ खेतखोलास्थित सडक छेउमा रुकुम पूर्व सिस्ने गाउँपालिका-३ बस्ने ५५ बर्षीय जोखे कामी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, लम्कीचुहा नगरपालिका-१ कुन्ती बस्ने ५५ बर्षीय शेर बहादुर नेपाली आफ्नै घर नजिक खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै भोजपुर, भोजपुर नगरपालिका-११ यलम्वर चोकस्थित एैंसेलुको झ्याङमा पौवादुम्बा गाउँपालिका-१ बस्ने ५६ वर्षीय जित कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी कपिलवस्तु, बिजयनगर गाउँपालिका-३ अमल्हवास्थित भटनी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यता रोल्पा, रुन्टिगढी गाउँपालिका-६ बस्ने ४४ वर्षीया पानसरी घर्ती सोही ठाउँस्थित निगलपानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार बिहान उक्त वनमा दाउरा काट्न जान्छु भनि गएकी उनी घर नफर्किए पछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

यसैगरी प्युठान, प्युठान नगरपालिका-४ झिमरुक खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार